शीर्षकहरू

नेप्सेमा एक करोड कित्ता बोनस शेयर सूचीकृत

नेप्सेमा एक करोड कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको शेयर सूचीकृत भएको छ । आइतबार नेप्सेमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको बोनश शेयर सूचीकृत भएको हो । 

नेप्सेका अनुसार उक्त कम्पनीको एक करोड कित्ता बोनश शेयर रहेको छ । उक्त शेयर कम्पनीले गत जेठ २८ गते वार्षिक साधारण सभाबाट पारित गरेको थियो ।  

यो शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सकिने नेप्सेले जनाएको छ ।