शीर्षकहरू

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले कमायो करिब ७ करोड नाफा

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले कमायो करिब ७ करोड नाफा

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले अघिल्लो वर्षको तुलनामा गत वर्ष ४७४ दशमलव ३८ प्रतिशत बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्म १ करोड १७ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत वर्ष ६ करोड ७६ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको हो । 

गत वर्ष कम्पनीको सञ्चालन नाफा घटेपनि वित्तीय सम्पत्तिकोे फेर भ्यालु परिवर्तनको नाफाका कारण खुद नाफामा उल्लेख्य बृद्धि देखिएको हो । अघिल्लो वर्ष ३ करोड ५३ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले गत वर्ष १ करोड ८० लाख रूपैयाँभन्दा बढी मात्र खुद नाफा गरेको थियो । गत वर्ष ७ करोड ४ लाख रूपैयाँभन्दा बढी वित्तीय सम्पत्तिकोे फेर भ्यालु परिवर्तनको नाफा जाडिन आएकाले कम्पनीको खुद नाफा बढेको हो ।

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब २२ करोड ३२ लाख ११ हजार रूपैयाँ छ । रिटर्न अर्निग ११ करोड ६० लाख रूपैयाँभन्दा बढी रहेको कम्पनीको इन्भेष्टमेन्ट रिभ्यालुसन रिजर्भ भने ६० करोड ५३ लाख रूपैयाँभन्दा बढी छ । वार्षिक प्रतिशेयर आम्दानी ५ रूपैयाँ ५३ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १५८ रूपैयाँ ९७ पैसा छ ।