शीर्षकहरू

बर्दिबासमा एमएडब्लू वृद्धिको नयाँ शोरुम

बर्दिबासमा एमएडब्लू वृद्धिको नयाँ शोरुम

काठमाडौं । एमएडब्लू वृद्धि कमर्यसियल भेइकल्स प्रालिले बर्दिबासमा आफ्नो ब्राण्ड–न्यू शोरुमको भव्य उद्घाटन गरेको छ । होटल रेड क्राउन, बर्दिबासको छेउमा सुविधासम्पन्न शोरुम शुक्रबारदेखि आधिकारिक रुपमा सञ्चालनमा आएको हो ।

शोरुममा दुई ब्राण्डहरू फोटोन र सोकोनका कमर्सियल गाडीहरू उपलब्ध छन्। फोटोन मोटर्स (चीनको नम्बर १ व्यावसायिक वाहन निर्माता) को आधिकारिक वितरकको रूपमा कम्पनीले हाईरुफ ईभी भ्यान, टुनल्याण्ड र टिएम वानसहित कुशल र भरपर्दा सवारी साधनहरूको रेन्ज प्रदान गर्ने बताएको छ । आफ्नो व्यावसायिक सवारी साधनको विकल्पलाई थप विस्तार गर्न एमएडब्लू वृद्धिले सोकोन मोटर्सलाई पनि भित्र्याएको छ, जसको बहुमुखी ईसी थर्टी सिक्स भ्यान यात्रुवाहक, स्कुल र कार्गो भेरियन्टहरूमा उपलब्ध छन् ।

डेडिकेटेड बिक्री टोलीको न्यानो स्वागत र विशेषज्ञ मार्गदर्शनको साथमा ग्राहकले आफ्ना लागि उपयुक्त विकल्पहरू अन्वेषण गर्न सक्ने र आफ्नो व्यवसायलाई माथि उठाउनको लागि उत्तम गाडी फेला पार्न सक्ने कम्पनीले जनाएको छ । नयाँ शोरुम एमएडब्लू वृद्धिको लागि एउटा महत्वपूर्ण कदमको संकेत भएको र यसले ग्राहक सेवाप्रतिको प्रतिबद्धतालाई बलियो बनाई कम्पनीको उपस्थितिलाई नेपालभर विस्तार गर्ने कम्पनीको भनाइ छ ।

बर्दिबास र आसपासका ग्राहकहरूले अब नयाँ व्यावसायिक सवारी साधनहरू अनुभव गर्न, वित्तिय विकल्पहरू खोज्न र नयाँ खोलिएको शोरुमबाट फाइदा लिन सक्नेछन् ।