शीर्षकहरू

काठमाडौं महानगरपालिकाको ‘एग्रो पुलिङ’ योजना कार्यान्वयन

काठमाडौं महानगरपालिकाको ‘एग्रो पुलिङ’ योजना कार्यान्वयन

काठमाडौं । काठमाडौं महानगरपालिकाले एग्रो पुलिङ’ योजना कार्यान्वयनमा ल्याएको छ । महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को स्वीकृत बजेट तथा कार्यक्रममा रहेको ‘एग्रो पुलिङ’ अन्तर्गत नेपाल भरिका कृषकले उत्पादन गरेका स्थानीय प्राङ्गारिक कृषि उपजको बजार तथा उचित मूल्यको सुनिश्चितता एवं काठमाडौं महानगर क्षेत्र भित्रका उपभोक्ताहरूलाई सुपथ मूल्यमा स्वच्छ, सफा र सुरक्षित कृषि उपजहरू उपलब्ध गराउने उद्देश्यले नेपाल भरिका स्थानीय तहसँग सहकार्य गर्ने छ । 

उपयुक्त बमोजिम ‘एग्रो पुलिङ’ स्वर्णिम योजनामा आबद्ध हुन चाहने किसानहरूले आफ्नो स्थानीय तहमा सम्पर्क गर्न तथा स्थानीय तहहरूले आफ्नो कार्यपालिकाको निर्णयसहित काठमाडौं महानगरपालिकामा सम्पर्क गर्न महानगरले अनुरोध गरेको छ । 

यस सम्बन्धी थप जानकारीका लागि काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागमा सम्पर्क राख्न सकिने महानगरले जारी गरकाे सूचनामा उल्लेख छ ।