शीर्षकहरू

प्युठानको बिजुवारमा प्रभु बैंकको ३१५ औँ शाखा

प्युठानको बिजुवारमा प्रभु बैंकको ३१५ औँ शाखा

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा शुक्रबारदेखि प्युठान नगरपालिका ४, प्युठानस्थित बिजुवारमा  ३१५ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ । जिल्ला समन्वय समिति प्रमुख धरम बहादुर जिसीले बैंकको नयाँ शाखाको उद्घाटन गरे ।

बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गर्ने क्रममा बिजुवारमा शाखा थपिएको बैंकले जानकारी दिएकव छ । यस अभियानले देशभरि नै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको विश्वास बैंकको छ ।

बैंकको बिजुवार शाखामार्फत स्थानीय, सर्वसाधारण, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने भनाइ बैंकको छ ।