एजेन्सी । भारतीय रिजर्भ बैंक (आरबीआई) ले लगातार ९ औं पटक ब्याज दर परिवर्तन गरेको छैन। आरबीआईले ब्याजदर ६.५ प्रतिशतमा यथावत राखेको छ । यसको मतलब ऋण महँगो नहुने भएको छ । आरबीआईले पछिल्लो पटक फेब्रुअरी २०२३ मा ०.२५ देखि ६.५ प्रतिशत दर बढाएको थियो। आरबीआई गभर्नर शक्तिकान्त दासले विहीबार बसेको मौद्रिक नीति समिति (एमपीसी) बैठकमा भएका निर्णयहरुको जानकारी दिएका हुन् । यो बैठक प्रत्येक दुई महिनामा बस्छ।
आरबीआई गभर्नरले भने, 'मुद्रास्फीति घट्दैछ, तर प्रगति सुस्त र असमान छ।' भारतको मुद्रास्फीति र वृद्धिको गति सन्तुलित रूपमा अगाडि बढिरहेको छ । तर मुद्रास्फीति लक्ष्यमा रहिरहने सुनिश्चित गर्न सतर्क रहनु महत्त्वपूर्ण रहेको पनि उल्लेख गरेका छन।
आरबीआईले अनाधिकृत प्लेटफर्महरूसँग सम्बन्धित समस्या समाधान गर्न डिजिटल कर्जा एप सम्बन्धी सार्वजनिक भण्डार स्थापना गर्ने प्रस्ताव गरेको छ। नियमन गरिएका संस्थाहरूले आफ्नो डिजिटल ऋण एपहरू आरबीआईलाई रिपोर्ट गर्नुपर्नेछ।
रिपो दरको रूपमा मुद्रास्फीतिसँग लड्न आरबीआईसँग शक्तिशाली उपकरण छ। जब मुद्रास्फीति धेरै उच्च हुन्छ। आरबीआईले रेपो दर बढाएर अर्थतन्त्रमा मुद्रा प्रवाह घटाउने प्रयास गर्छ। यदि रिपो दर उच्च भयो भने बैंकहरूले आरबीआईबाट प्राप्त गर्ने ऋण महँगो हुनेछ।
त्यसैगरी अर्थतन्त्र खराब चरणबाट गुज्रिरहेको अवस्थामा पुनस्प्राप्तिको लागि मुद्रा प्रवाह बढाउनुपर्ने हुन्छ । यस्तो अवस्थामा आरबीआईले रेपो दर घटाउँछ। जसका कारण बैंकका लागि आरबिआईबाट ऋण सस्तो हुने र ग्राहकले पनि सस्तो दरमा ऋण पाउँछन् ।