शीर्षकहरू

कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा योगी नियुक्त

कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा योगी नियुक्त

कर्णाली । कर्णाली प्रदेश योजना आयोगको उपाध्याक्षमा कृषि विज्ञ सूर्यनाथ योगी नियुक्त भएका छन । मुख्यमन्त्री यामलाल कँडेलले वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत निवासी योगीलाई उपाध्यक्ष नियुक्त गर्नुभएको हो । योगीलाई उहाँले आजै पद तथा गोपनीयताको शपथ गराए । 

आयोगको सदस्यमा डम्बर रावल र अशोकनाथ योगी नियुक्त हुनुभएको छ । सदस्य रावल छायाँनाथ रारा नगरपालिका–५ मुगु र योगी रास्कोट नगरपालिका–३ कालिकोट निवासी हुन ।

आयोगका दुवै सदस्यलाई नवनियुक्त उपाध्यक्ष योगीले पद तथा गोपनीयताको शपथ गराए। नवनियुक्त उपाध्यक्षसहित सदस्य रावल र योगीले आजै पदभार ग्रहण गर्नुभएको छ । उपाध्यक्ष योगी र रावल एमालेबाट तथा योगी नेपाली कांग्रेसको कोटाबाट नियुक्त हुनुभएको हो । चार महिनादेखि रिक्त रहेको आयोगले आजदेखि पूर्णता पाएको छ । 

कृषि विज्ञ योगी नरहरिनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान सुर्खेतका क्याम्पस प्रमुख हुन । उनले भारत, थाइल्याण्डलगायतका देशमा गएर त्यहाँको कृषि विकासबारे अध्ययन तथा अनुसन्धान गरेका छन ।