शीर्षकहरू

भारतबाट अन्यत्र प्रस्थान गर्दै हसिना

भारतबाट अन्यत्र प्रस्थान गर्दै हसिना

काठमाडाैं । बंगलादेशमा काोटा आरक्षण प्रणालीमा भएकाे विभेदविरोधी आन्दाेलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्रीबाट राजीनामा दिएर भारत पुगेकी प्रधानमन्त्री शेख हसिना अब अर्कै देशमा जान लागेकी छन्।

साेमबार शेख हसिना र शेख रेहाना (दिदीबहीनी) सहयोगीसहित देश छाडेर भारत आएका थिए।

स्रोतका अनुसार हसिनाको दलका अधिकांश सदस्यहरू अब आफ्नो अर्को सुरक्षित गन्तव्यका लागि भारत छोड्ने तरखरमा रहेको बुझिएकाे छ। यद्यपि, उनी कहाँ जाँदैछिन् भन्ने खुलेको छैन । शुरुमा अमेरिका र त्यसपछि बेलायत जाने तयारी उनले गरे पनि ती दुवै देशले शरण नदिने पक्का जस्तै भइसकेको छ ।

नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वको नव निर्वाचित अन्तरिम सरकारका सदस्यहरूले बिहिबार साँझ नै शपथ ग्रहण गर्ने बङ्गलादेश सेना प्रमुख जनरल वाकर–उज–जमानलेलाई उदृत गर्दै डेली स्टारले जनाएको छ ।

अन्तरिम सरकारमा १५ जना सदस्य हुनसक्ने सङ्केत गर्दै जमानले अब बङ्लादेशको स्थितिमा उल्लेखनीय सुधार हुँदै जाने र तीन–चार दिनभित्र सामान्य अवस्थामा फर्कने आशा व्यक्त गरे।