शीर्षकहरू

जापानमा शक्तिशाली भूकम्प

जापानमा शक्तिशाली भूकम्प

एजेन्सी । दक्षिणी जापानमा बिहीबार शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ । ७.१ म्याग्निच्यूडको भूकम्प गएको हो । जापानी सञ्चारमाध्यमका अनुसार भूकम्पपछि मियाजाकी, कोची, ओइता, कगोसिमा लगायतका क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार पहिलो भूकम्प ३३ किलोमिटर गहिराइमा ४ः४२ बजे क्युशुको मियाजाकीबाट २९ किलोमिटर दक्षिणपूर्वमा गएको थियो। दोस्रो भूकम्प एक मिनेटभन्दा कम समयमा २६ मिटर गहिराइमा मियाजाकीबाट २० किलोमिटर उत्तरपूर्वमा गएको थियो।