शीर्षकहरू

नेप्सेमा ६.७० अंकको वृद्धि, २० अर्ब ७ करोडको कारोबार

नेप्सेमा ६.७० अंकको वृद्धि, २० अर्ब ७ करोडको कारोबार

काठमाडौं । साताको कोरोबारको अन्तिम दिन आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से ६.७० अंकले बढेर दुई हजार ७ सय ६६ दशमलब ३८ विन्दुमा बन्द भएको हो ।                                    

आज नेप्सेमा २० अर्ब ७ करोड ४ लाख बराबरको करोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये ७९ वटाको बढेको छ भने १५९ वटा कम्पनीको शेयरमूल्य घटेको छ । चार कम्पनीको शेयरमूल्य आज स्थिर रहेको छ । यसका साथै आज ६ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।                           

आज एनआरएन इन्फाइन्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको शेयरमूल्य ८.०४ प्रतिशतले घटेको छ । यसका साथै आज शिभम् सिमेन्ट लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको एक अर्ब २० करोड ९० लाख बराबरको कारोबार भएको छ ।