शीर्षकहरू

काठमाडौं फर्कन खोज्दा हेलिकप्टर दुर्घटना भएको हुनसक्छः पर्यटनमन्त्री

काठमाडौं फर्कन खोज्दा हेलिकप्टर दुर्घटना भएको हुनसक्छः पर्यटनमन्त्री

काठमाडाैं । पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बुधबार भएको एयर डाइनेस्टीको हेलिकप्टर काठमाडौं फर्कन खोज्दा दुर्घटनामा परेको हुनसक्ने बताएका छन् । बिहीबार दुर्घटनास्थलको अवलोकन गरेका उनले मौसम अनुकुल नभएर पुनः काठमाडौं फर्कन खोज्दा दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको बताएका हुन् । 

आफूसहित नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीले मन्त्री पाण्डे दुर्घटनास्थल गएका थिए । त्यहाँबाट फकिएर उनले प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा नेपालको हवाई सुरक्षा अभिवृद्धिका लागि सरकार गम्भीर रहेको समेत बताए । 

दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन सरकारले बुधबार नै नेपाली सेनाका वरिष्ठ क्याप्टेन सुवास थापाको संयोजकत्वमा तीन सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको जानकारी दिँदै उहाँले आयोगले सत्यतथ्य बाहिर ल्याउने विश्वास व्यक्त गरे । 

उनले समग्र उडडयन क्षेत्रका समस्या समाधान गर्न कार्ययोजना निर्माणको तयारी गरिरहेको जानकारी दिए । हवाई सुरक्षाका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सुधारका उपाय खोजिने उनको भनाइ छ ।