शीर्षकहरू

विम्सटेक चेम्बर गठन हुँदै, उद्योग वाणिज्य महासंघ संस्थापक सदस्य

विम्सटेक चेम्बर गठन हुँदै, उद्योग वाणिज्य महासंघ संस्थापक सदस्य

काठमाडौं । विम्सटेक चेम्बर अफ कमर्श गठन हुने भएको छ । विम्सटेक विजनेज समिटमा यस क्षेत्रका उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं प्रतिनिधि र विमस्टेकका महासचिव इन्द्र मणि पाण्डे सम्मिलित बैठकले उक्त निर्णय गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ नेपालको प्रतिनिधित्व गर्दै संस्थापक सदस्य रहने छ । आफूले  गत वर्ष गरेको प्रस्ताव अनुरूप चेम्बर गठन हुन लागेकोमा महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले खुसी व्यक्त गरे । उक्त बैठकमा सहभागी अध्यक्ष ढकालले चेम्बर विधान बनाई तत्काल कार्यान्वयन गर्न आह्वान गरे ।  

विम्सटेक राष्ट्र चेम्बरका प्रतिनिधिहरुको बुधबार बसेको बैठकमा उक्त निर्णय गरिएको थियोे । बिमस्टेक चेम्बरको स्थापना भएपछि यसले बिमस्टेक स्वतन्त्र व्यापार सम्झौताको गठन र कार्यान्वयनलाई गति दिने अपेक्षा गरिएको छ ।

बैठकमा भएको वार्ताअनुसार भारतीय उद्योग परिसंघले बिमस्टेक चेम्बरको सचिवालय नयाँ दिल्लीस्थित भारतीय उद्योग परिसंघको कार्यालयमा स्थापना गर्ने प्रस्ताव गरेको छ । चेम्बरको अध्यक्षता वर्णानुक्रम अनुसार हुनेछ ।