शीर्षकहरू

सुदूरपश्चिममा बजेट शून्यताको अन्त्य, कर उठाउन सरकारले ल्यायो अध्यादेश

सुदूरपश्चिममा बजेट शून्यताको अन्त्य, कर उठाउन सरकारले ल्यायो अध्यादेश

धनगढी ।  सुदूरपश्चिम प्रदेशमा करिब एक महिनादेखिको बजेट शून्यता अन्त्य भएको छ । नयाँ सरकार गठन भएलगत्तै  प्रदेशको मन्त्रिपरिषद बैठकले  ‘सुदूरपश्चिम सामयिक कर संकलन सम्बन्धी अध्यादेश २०८१’ पारित गरेको छ ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले उक्त अध्यादेश पास गरेको मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिए ।  मन्त्रिपरिषदले अध्यादेश पास गरेपछि प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालय पठाइएको छ । प्रदेश प्रमुख नजीर मियाले आजै उक्त अध्यादेश प्रमाणीकरण गरेर राजपत्रमा प्रकाशित गर्ने तयारी गरेका छन् ।

प्रदेश प्रमुखबाट प्रमाणीकरण भएसँगै उक्त अध्यादेश ऐनसरहको कानुन बन्नेछ भने कर संकलनको कार्य सुचारु हुनेछ ।