शीर्षकहरू

छ सय ११ किलोग्राम गाँजासहित दुई जना पक्राउ

छ सय ११ किलोग्राम गाँजासहित दुई जना पक्राउ

महोत्तरी । भारततर्फ गाँजा तस्करी गरेको अभियोगमा दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिबास नगरपालिका–१४ मा छ सय ११ किलोग्राम गाँजासहित उनीहरू बुधबार राति पक्राउ परेका हुन् । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सन्तुलालप्रसाद जैसवालका अनुसार विहारको मोतिहारीका २५ वर्षीय गुड्डुकुमार यादव र सोही ठाउँका २९ वर्षीय मनिषकुमार गिरीलाई पक्राउ गरिएको हो । मिनी ट्रक प्रयोग गरेर उनीहरूले गाँजा तस्करीको प्रयास गरेका थिए । तस्करीमा प्रयोग भएको सवारी साधनलाई पनि नियन्त्रणमा लिइएको छ ।