शीर्षकहरू

कामना सेवा विकास बैंकको १ लाखभन्दा बढी संस्थापक शेयर विक्रीमा

कामना सेवा विकास बैंकको १ लाखभन्दा बढी संस्थापक शेयर विक्रीमा

काठमाडौं । बिहीवार कामना सेवा विकास बैंक लिमिटेडले १ लाख ६ हजार ६३६ कित्ता संस्थापक शेयर विक्रीका लागि सूचना जारी गरेको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्री खुला गरेको हो । यी शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । 

तोकिएको अवधिभित्र कम्पनीको केन्द्रिय कार्यालय ज्ञानेश्वर,काठमाडौंमा के कति शेयर कुन मूल्यमा खरीद गर्ने हो सो समेत खुलाई आवेदन पेश गर्न सकिने जानकारी कम्पनीले दिएको छ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।