काठमाडौं । करिब ८ दशक लामो नेपालको बीमा क्षेत्रको इतिहासमा २०७९ मंसिरमा पहिलो पटक ७ लघुबीमा कम्पनीलाई सञ्चालनको लागि अनुमति दिइयो । नियामक निकाय नेपाल बीमा प्राधिकरणले जीवनतर्फ गार्डियन माइक्रो लाईफ इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाईफ इन्स्योरेन्स र लिबर्टी माइक्रो लाईफ इन्स्योरेन्सलाई सञ्चालनको अनुमति दिएको थियो । त्यसमा गार्डियन माइक्रो लाईफलाई कोशी प्रदेशको विराटनगरमा, क्रेस्ट माइक्रो लाईफलाईकर्णाली प्रदेशको वीरेन्द्रनगर र लिबर्टी माइक्रो लाईफलाई गण्डकी प्रदेशको पोखरामा मुख्य कार्यालय राख्न निर्देशन दिइयो ।
यसैगरि निर्जीवनतर्फ ट्रस्ट माइक्रो इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सलाई लाइसेन्स दिइयो । ट्रस्ट माइक्रोलाई लुम्बिनी प्रदेशको बुटवलमा, नेपाल माइक्रोलाई बागमती प्रदेशको भरतपुरमा, स्टार माइक्रोलाई मधेश प्रदेशको जनकपुर र प्रोटेक्टिभ माइक्रोलाई सुदुर पश्चिम प्रदेशको धनगढीमा मुख्य कार्यालय स्थापना गर्न भनिएको थियो । यद्यपि, उनीहरुलाई देशैभर कारोबार गर्न खुला गरिएको छ ।
२०७९ मंसिरमा लाइसेन्स पाएपछि उनीहरु २०८० को असार–साउनसम्म सञ्चालनमा आइसकेका थिए । उनीहरु सञ्चालनमा आएको करिब एक बर्ष पुरा भइसकेको छ । तर, हालसम्म आउँदा लघुबीमा कम्पनीहरुको कार्यसम्पादनलाई नियामक निकाय प्राधिकरणले चित्त बुझाएको छैन । यद्यपि, सुरुवाती समयमा व्यवसाय विस्तार गर्न कम्पनीलाई चुनौती हुन्छ नै । सोहीअनुसार लघुबीमा कम्पनीहरुले सोजे जस्तो कार्यसम्पादन देखाउन नसक्नु स्वभाविक हो । उनीहरुलाई व्यवसाय विस्तार गर्न चुनौती भइरहेको बताइन्छ । तर, त्यसमा बर्षाैदेखि नेपाली बजारमा राज गर्दै आएका ठूला बीमा कम्पनीहरु पनि लघुबीमा कम्पनीका लागि चुनौतीको रुपमा देखिएका छन् ।
बिशेषगरि न्यून आय भएका परिवार तथा समुदायलाई बीमाको दायरामा ल्याउने उद्देश्य सहित लघुबीमा कम्पनी सञ्चालनमा ल्याइएको थियो । जीवन लघुबीमालाई अधिक्तम ५ लाख र निर्जीवन लघुबीमा कम्पनीलाई अधिक्तम ५० लाख रुपैयाँसम्मको बीमांक कायम हुने गरि बीमा गर्न सिमा तोकिएको छ । तर, यस्तो सिमाको बीमा ठूला बीमा कम्पनीहरुले पनि गराइरहेको छन् । यसमा उनीहरुलाई कुनै रोकथाम छैन । त्यसले गर्दा लघुबीमा कम्पनीहरुले पनि ठूला कम्पनीहरुसँगै प्रतिस्पर्धा गर्नुपरेको छ, फलस्वरुप व्यवसाय विस्तारमा चुनौती भइरहेका क्रेष्ट माईक्रो लाईफका प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठ बताउँछन् ।
बर्षाैदेखि नेपाली बीमा बजारमा सञ्चालन भएका ठूला बीमा कम्पनीहरुको सञ्जाल गाउँ गाउँमा विस्तार भइसकेको छ । हालै सञ्चालनमा आएका लघुबीमा कम्पनीहरुको सञ्जाल भने अझै गाउँ गाउँ विस्तार हुन सकेको छैन । लघुबीमा कम्पनीहरुको पुहँच जहाँ पुगेको छन्, त्यहाँ यसअघि नै ठूला बीमा कम्पनीहरु पुगिसकेका छन् । र, उनीहरुले त्यहाँ लघुबीमा कारोबार पनि गर्दै आएका छन् । त्यसमाथि पछिल्लो समय उनीहरुले लघुबीमाको कारोबार बढाउँदै गएको पनि देखिन्छ । त्यसले लघुबीमा कम्पनीहरुलाई चुनौती नै थपिएको जानकारवालाहरु बताउँछन् । लघुबीमा कम्पनीहरुलाई स्थापित गर्न लागि भएपनि केही समय ठूला बीमा कम्पनीहरुलाई लघुबीमाको कारोबार गर्न रोक लगाउनुपर्ने उनी बताउँछन् । यस बिषयमा छलफल आवश्यक रहेको उनको भनाइ छ ।
ठूला निर्जीवन बीमा कम्पनीमा झण्डै २ करोडको लघुबीमा कारोबार
गत आर्थिक बर्ष २०८०–८१ मा ठूला ११ निर्जीवन बीमा कम्पनीहरुले १ करोड ८९ लाख ३२ हजार रुपैयाँको लघुबीमा कारोबार गरेका छन् । गत आवमा उनीहरुले २० हजार २८८ वटा लघुबीमाको पोलिसी बिक्री गरेको देखन्छि । यद्यपि, गत आवमा उनीहरुको यस्तो व्यवसाय घटाएका भने छन् । अघिल्लो आवमा उनीहरुको झण्डै ७ करोड रुपैयाँको यस्तो कारोबार गरेका थिए त्यस आवमा उनीहरुले ३६ हजार ८८७ वटा यस्तो पोलिसी गरेका थिए । त्यसको तुलनामा गत आवमा ठूला निर्जीवन बीमा कम्पनीहरुले लघुबीमाको कारोबार व्यवसाय घटाएका छन् । तर, कारोबार कायमै हुदाँ लघुबीमा कम्पनीलाई चुनौती भने देखिएकै छ ।
हाल नेपालमा १४ वटा ठूला जिर्नीवन बीमा कम्पनी छन् । त्यसमा गत आवमा ११ वटाले लघुबीमाको कारोबार पनि गरेका छन् । नेपाल बीमा प्राधिकरणबाट प्राप्त गत आवको तथ्यांकले यस्तो देखाएको हो ।
गत आवमा दि ओरिण्टले ३६ हजार, नेशनलले १ हजार, नेकोले १ करोड ३६ लाख २३ हजार, प्रभुले १७ लाख १६ हजार, शिखरले १८ लाख ४५ हजार, एनलजीले ७० हजार, हिमालयन एभरेष्टले १ हजार, सानिमा जिआईसीले ३ लाख ३८ हजार, सिद्धार्थ प्रिमियरले ५ लाख ३ हजार, सगरमाथा लुम्बिनले ६ लाख ५७ हजार र युनाइटेड अजोडले १ लाख ४२ हजार रुपैयाँ बीमाशुल्क लघबुीमाबाट संकलन गरका छन् ।
समिक्षा अवधिमा ४ निर्जीवन लघुबीमा कम्पनीले भने २९ करोड ४७ लाख ६० हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । कुल १ लाख २७ हजार १८२ वटा पोलिसी बिक्री गरेर सो बराबरको बीमाशुल्क संकलन भएको तथ्यांकमा उल्लेख छ ।
हाल नेपालमा ४ वटा लघुबीमा कम्पनी सञ्चालनमा छन् । त्यसमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले ४९ हजार ४७३ वटा पोलिसी बिक्री गरेर १० करोड ३१ लाख ६६ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
यसैगरि, प्रोटेक्टीभ माइक्रो इन्स्योरेन्स कम्पनीले ३० हजार ४१० वटा पोलिसी बिक्री गरेर ९ करोड ४२ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । स्टार माइक्रो इन्स्योरेन्सले भने ६ करोड ८७ लाख ९९ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । समिक्षा अवधीमा उक्त कम्पनीले ३३ हजर ४०७ वटा पोलिसी बिक्री गरेको छ ।
यस्तै, ट्रस्ट माइक्रो इन्स्योरेन्सले ३ करोड २७ लाख ५३ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । समिक्षा अवधीमा यो कम्पनीले १३ हजार ८९२ वटा पोलिसी बिक्री गरेको छ । ठूला निर्जीवन बीमा कम्पनीको तुलनामा लघुबीमा कम्पनीको लघुबीमा कारोबार धेरै नै छ । तर, ठूला कम्पनीलाई यस्ता कारोबार गर्न दिने कि नदिने भनेर बहस आवश्यक रहेको विज्ञहरु बताउँछन् ।
जीवन लघुबीमा कारोबार भने ठूला कम्पनीकै बर्चश्व
ठूला जीवन बीमा कम्पनीहरुले भने लघुबीमा कम्पनीले भन्दा पनि धेरै यस्तो कारोबार गरेको देखिएको छ । हाल नेपालमा ३ जीवन लघुबीमा कम्पनी सञ्चालनमा छन् । गत आवमा तीन जीवन लघुबीमा कम्पनीले १६ करोड ९७ लाख ८३ हजार रुपैयाँ मात्रै बीमाशुल्क संकलन गरेका छन् । उनीहरुले १ लाख ६ हजार ८५७ वटा पोलिसी बिक्री गरेका छन् ।
समिक्षा अवधीमा गार्डियन माइक्रो लाईफले ३० हजार ७१२ वटा पोलिसी बिक्री गरेर ४ करोड २२ लाख ३६ हजार रुपैयाँ बीमाशुल्क संलकन गरेको छ । यसैगरि क्रेष्ट माईक्रो लाईफले भने ५८ हजार ८६६ वटा पोलिसी बिक्री गरेर ९ करोड ७६ लाख ४५ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । साथै, लिवर्टी माईक्रो लाईफ इन्स्योरेन्सले १७ हजार २७९ वटा पोलिसी बिक्री गरेर २ करोड ९९ लाख २ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
तर, गत आवमा ठूला जीवन बीमा कम्पनीहरुले २ अर्ब ६६ करोड ७० लाख रुपैयाँ बराबरको लघुबीमा कारोबार गरेका छन् । अघिल्लो आवमा उनीहरुले दुई अर्ब ४३ करोड ९८ लाख रुपैयाँको यस्तो कारोबार गरेका थिए । लघुबीमा कम्पनीनै आएको अवस्थामा समेत गत आवमा उनीहरुले यस्तो कारोबार गरेको छन् । त्यसमा २ अर्ब ५० करोड १४ हजार रुपैयाँ प्रथम लघुबीमा शुल्क नै रहेको छ ।
त्यो अनुसार ठूला जीवन बीमा कम्पनीहरुले लघुबीमालाई पनि पहिलो प्राथमितामा राखेर कारोबार गर्दै आएको देखिन्छ । गत आवमा उनीहरुले ३४ लाख ९७ हजार ७७८ वटा लुघबीमा पोलिसी सक्रिया राखेका छन् । यो तथ्यांकअनुसार ठूला जीवन बीमा कम्पनीले साना लघुबीमा कम्पनीहरुलाई उच्च मात्रामा चुनौती दिएको देखिन्छ ।
हाल नेपालमा १४ वटा ठूला जीवन बीमा कम्पनी सञ्चालनमा छन् । त्यसमा १२ वटाले लघुबीमा कारोबार गरेका छन् । समिक्षा अवधीमा नेशनल लाईफ इन्स्योरेन्सले मात्रै १ अर्ब १७ करोड ३१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
यसैगरि सिटीजन्सले ४६ करोड ६४ लाख ५ हजार रुपैयाँ बीमाशुल्क लघुबीमाबाट संकलन गरेको छ । यस्तै, सानिमा रिलायन्स लाईफले ३० करोड ९४ लाख ६४ हजार रुपैयाँ पोलिसी बिक्री गरेको छ ।
यसैगरि सूर्यज्योतिले २९ करोड ५३ लाख ३८ हजार रुपैयाँ, मेट लाईफले २० करोड ३२ लाख ४३ हजार, प्रभु महालक्ष्मीले १६ करोड ६९ लाख ९६ हजार रुपैयाँ, सन नेपालले १ करोड ९१ लाख रुपैयाँ बीमाशुल्क लघुबीमाबाट संकलन गरेको छ ।
यस्तै, नेपाल लाईफले १ करोड ३६ लाख ३५ हजार रुपैया, रिलायवल नेपाल लाईफले १ करोड ७ लाख ७२ हजार रुपैयाँ, एसियन लाईफले ४३ लाख ९५ हजार रुपैयाँ, एलआईसी नेपालले ११ लाख ३ हजार र हिमालयन लाईफले ४३ हजार रुपैयाँ बीमाशुल्क लघुबीमाबाट संकलन गरेको छ ।