शीर्षकहरू

एनआईसी एशियाको खातामा प्यान अद्यावधिक गर्न ग्राहक

एनआईसी एशियाको खातामा प्यान अद्यावधिक गर्न ग्राहक

काठमाडौं ।  एनआईसी एशिया बैंकका ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न आग्रह गरेको छ । बैंकका ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले ग्राहकहरूले बैंकको पोर्टल वा मोबाइल बैंकिङ्ग एप अद्यावधिक गर्न अनुरोध गरेको हो । 

उक्त प्यान अद्यावधिक भएपश्चात् निजहरूको करकट्टीको विवरण सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने बैंकले जनाएको छ । प्यान नम्बर अपडेट गरेपछि करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य हुने छ ।