शीर्षकहरू

अमेरिकी डलरको विनिमयदर हालसम्मकै उच्च

अमेरिकी डलरको विनिमयदर हालसम्मकै उच्च

 काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको विनिमयदर प्रकाशन गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३४ रूपैयाँ ०४ पैसा र बिक्रीदर १३४ रूपैयाँ ६४ पैसा पुगेको छ ।

बुधबार अमेरिकी डलर एकको खरिददर १३४ रूपैयाँ ०३ पैसा र बिक्रीदर १३४ रूपैयाँ ६३ पैसा पुगेको थियो । मंगलबार अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ८६ पैसा र बिक्रीदर १३४ रूपैयाँ ४६ पैसा पुगेको छ । 

युरोपियन युरो एकको खरिदमा १४६ रूपैयाँ ३९ पैसा र बिक्रीमा १४७ रूपैयाँ ०५ पैसा छ । आज पाउण्ड स्टर्लिंग एकको खरिददर १७० रुपैयाँ ६८ पैसा रहेको छ भने विक्रीदर १७१ रुपैयाँ ४४ पैसा रहेको छ । 

त्यस्तै,कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ९२ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ९ रुपैयाँ १० पैसा र बिक्रीमा ९ रूपैयाँ १४ पैसा रहेको छ । 

राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रूपैयाँ ६६ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २९ रूपैयाँ ८१ पैसा र बिक्रीदर २९ रूपैयाँ ९४ पैसा पाइन्छ । 

कुवेती दिनार एकको खरिददर ४३८ रूपैयाँ १४ पैसा र बिक्रीदर ४४० रूपैयाँ १० पैसा तोकिएको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ ५८ पैसा र बिक्रीदर ३५७ रूपैयाँ १७ पैसा तोकिएको छ ।