शीर्षकहरू

हेलिकोप्टर दुर्घटनाको छानबिन गर्न आयोग गठन

हेलिकोप्टर दुर्घटनाको छानबिन गर्न आयोग गठन

काठमाडौं । सरकारले हेलिकप्टर दुर्घटनाको छानबिन गर्न जाँच आयोग बनाएको छ ।

बुधबार दिउँसो पाँच जनाको ज्यान जानेगरी नुवाकोटको शिवपुरी ७ सूर्यचौर डाँडामा भएको  एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको आकस्मिक मन्त्रिपरिषद् बैठक आयोग गठनको निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा आयोग बनाउने निर्णय गरेको छ । तीन सदस्यीय जाँचबुझ आयोगमा  विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य छन् ।

बुधबार दिउँसो काठमाडौंबाट रसुवाको स्याफ्रुबेंसी उडेको एयर डाइनेस्टीको ९ एनएजेडी कलसाइन भएको उक्त हेलिकप्टर नुवाकोटको शिवपुरी ७ सूर्यचौर डाँडामा दुर्घटनामा परेको थियो । दुर्घटनामा पाइलट अरूण मल्लसहित चार चिनियाँ नागरिकहरू जुदाड टाङ, जिली, यियाद वु र जेमिङ सीको मृत्यु भएको छ ।