शीर्षकहरू

श्रीलंकाको राष्ट्रपति निर्वाचनमा पुनः राजपाक्षे परिवारबाटै उम्मेदवारी

महिन्दा राजापाक्षेका छोरा नमल राष्ट्रपतिका उम्मेदवार

श्रीलंकाको राष्ट्रपति निर्वाचनमा पुनः राजपाक्षे परिवारबाटै उम्मेदवारी

श्रीलंकाको सत्तारुढ दलले आगामी सेप्टेम्बर २१ मा हुने राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धाका लागि विवादास्पद राजपाक्षे परिवारका एक सदस्यलाई बुधबार अघि सारेको छ ।

श्रीलंका पोदुजाना पेरामुना (एसएलपीपी) पार्टीले राजधानी कोलम्बोस्थित आफ्नो पार्टी कार्यालयमा आयोजित बौद्ध समारोहमा ३८ वर्षीय नमाल राजपाक्षेलाई उम्मेदवार बनाएको हो ।

एसएलपीपीका सचिव सागरा करियावासमले पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारी मनोनयनबारे भने, “सावधानीपूर्वक विचार गरेपछि पार्टीले नमाललाई राष्ट्रपतिपदको उम्मेदवार बनाउने निर्णय गरेको छ ।”

पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेको कार्यकालमा नमालले खेलकुद मन्त्रीको जिम्मेवारी सम्हालेका थिए भने उनको कार्यकाल सन् २०१५ जनवरीमा समाप्त भएको थियो ।

उनका काका गोटाबय राजापाक्ष सन् २०१९ नोभेम्बरमा राष्ट्रपतिपदमा विजय भएका थिए । सन् २०२२ मा श्रीलंकामा चरम आर्थिक संकटपछि उनलाई जनआन्दोलनको बलमा पदच्युत गरिएको थियो । राजपाक्षेको चुनावी मैदानमा प्रवेशले चुनावअघि सरकारमा व्यापक विभाजनलाई औपचारिकता दिएको थियो ।

एसएलपीपीका अधिकांश विधायकहरूले पार्टीले आफ्नो नयाँ सहयोगी राष्ट्रपति रानिल विक्रमासिङ्घेलाई समर्थन गरोस् भन्ने चाहेका थिए ।