शीर्षकहरू

हेलिकोप्टर दुर्घटना : प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

हेलिकोप्टर दुर्घटना : प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

काठमाडौं । बुधबार दिउँसो पाँच जनाको ज्यान जानेगरी नुवाकोटको शिवपुरी ७ सूर्यचौर डाँडामा भएको  एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग पूर्व निर्धारित भेटघाटमा रहेका प्रधानमन्त्री ओलीले दुर्घटनाको खबर थाहा पाएपछि  नगरप्रमुखहरुसँग प्रस्तुत हुँदै भेटघाटलाई संक्षिप्त बनाएका थिए । प्रधानमन्त्री ओलीले १४ दिनपछि अर्काे हवाइ दुर्घटना हुनु दुःखद् भएको बताए । उक्त दुर्घटनाका सम्बन्धमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् । बैठक सिंहदरबास्थित प्प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुरु भएको छ ।

बुधबार दिउँसाो काठमाडौंबाट रसुवाको स्याफ्रुबेंसी उडेको एयर डाइनेस्टीको ९ एनएजेडी कलसाइन भएको उक्त हेलिकप्टर नुवाकोटको शिवपुरी ७ सूर्यचौर डाँडामा दुर्घटनामा परेको हो । 

दुर्घटनामा पाँच जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईँले पुष्टि गरेका छन् । दुर्घटनामा चार चिनियाँ र एक नेपालीको मृत्यु भएको छ ।  प्रहरीका अुनसार पाइलट अरूण मल्लसहित चिनियाँ नागरिकहरू जुदाड टाङ, जिली, यियाद वु र जेमिङ सीको मृत्यु भएको हो ।