शीर्षकहरू

होण्डाका कारमा एयरब्याग परिवर्तन गरिने

होण्डाका कारमा एयरब्याग परिवर्तन गरिने

काठमाडौं । होण्डाका कारमा एयरब्याग परिवर्तन गरिने भएको छ । नेपालमा होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले होण्डाका निश्चित मोडलहरूमा एयरब्यागहरू परिवर्तन गर्ने योजना बनाएको हो ।  

सन् २००१ र २०१४ को बीचमा नेपालमा बिक्री भएका सिटी, सिभिक, सीआरभी, ज्याज, इनसाइट, स्ट्रिम र एकर्ड कारहरूको टकाटा एयरब्यागहरू फिर्ता गरिने कम्पनीले जनाएको छ । 

यी मोडलहरूमा एयरब्यागहरू निःशुल्क परिवर्तन गरिने होण्डा कारका सर्भिस म्यानेजर बिनम श्रेष्ठले जानकारी दिएका छन् ।