शीर्षकहरू

चोरी गरेको आरोपमा दुई जना पक्राउ

चोरी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौं चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले जनकपुर घर भई हाल छसेपाखा बस्ने ३८ वर्षीय दीपक खड्का र मकवानपुर घर भई हाल मरुहिटी बस्ने २७ वर्षीय नीरज बिकलाई पहरीले पक्राउ गरेको हो ।

काठमाडौंको ज्ञानेश्वर भैरवमार्ग बस्ने राजु नेपालीको काठमाबाट उनीहरुले सुनका गहना तथा नगद चोरी गरेको उनीहरुविरुद्ध आरोप रहेको छ । उनीहरुले सुनको टप, औँठी, ब्रास्लेट, तिलहरी, मोबाइल र एउटा स्कुटर चोरी गरेको प्रहरीले जनाएको छ । 

यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।