शीर्षकहरू

बंगलादेशमा नोबेल पुरस्कार विजेता अर्थशास्त्री युनुसको नेतृत्वमा अन्तरिम सरकार बन्ने

बंगलादेशमा नोबेल पुरस्कार विजेता अर्थशास्त्री युनुसको नेतृत्वमा अन्तरिम सरकार बन्ने

काठमाडौं । बंगलादेशमा नोबेल पुरस्कार विजेता अर्थशास्त्री मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन हुने भएको छ । सेनाले सरकार गठन गरे नमान्ने अडान विद्यार्थीले लिएपछि मंगलबार राति राष्ट्रपति कार्यालय बंगभवनले प्रेस विज्ञप्ति जारी गर्दै युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन हुने जनाएको हो । उनी अन्तरिम सरकारको प्रमुख सल्लाहकार हुनेछन् ।

सरकारविरोधी आन्दोलन उत्कर्षमा पुगेपछि प्रधानमन्त्री शेख हसिनाले गत सोमबार पदबाट राजीनामा दिएर भारत पलायन भएकी थिइन् । हसिनाले देश छाडेको भोलिपल्ट राष्ट्रपति मुहम्मद शहाबुद्दीनले अन्तरिम सरकार गठनका लागि संसद् भंग गरेका थिए ।

त्यसपछि सेनाले अन्तरिम सरकार गठन गर्ने तयारी गरे पनि विद्यार्थीहरूले नमान्ने अडान लिएका थिए । मंगलबार साँझ राष्ट्रपतिसँगको भेटमा उनीहरूले अन्तरिम सरकारको प्रमुख सल्लाहकार नियुक्त गरिनुपर्ने माग गरेका थिए । त्यसपछि राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै  युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन हुने जनाएको हो ।

८४ वर्षीय युनुस हाल उपचारका क्रममा फ्रान्सको पेरिसमा छन् । उनले बंगलादेशमा ग्रामीण बैंक स्थापना गर्नुका साथै लघुवित्तको अवधारणा सुरु गरेका थिए । उक्त अभियानपछि बंगलदेशमा १० लाखभन्दा बढी मानिस गरीवीबाट निस्किएका थिए । सोही कारण सन् २००६ मा उनलाई अर्थशास्त्रतर्फ नोबेल शान्ति पुरस्कार दिइएको थियो ।