शीर्षकहरू

गार्डियान माइक्रो लाइफले आईपीओ निष्काशन गर्दै

गार्डियान माइक्रो लाइफले आईपीओ निष्काशन गर्दै

काठमाडौं । गार्डियान माइक्रो लाईफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणलाई जारी गर्न लागेको २२,५०,००० कित्ता साधारण शेयरको प्रति शेयर अङ्कित मूल्य १०० रुपैयाँका दरले कुल २२,५०,००,००० रुपैयाँको खरीद प्रत्याभूति सेवाको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गलाई नियुक्त गरेको छ ।  

सोमबार एक कार्यक्रमका बिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र गार्डियान माइक्रो लाईफ इन्स्योरेन्स लिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले उक्त शेयर प्रत्याभूतित प्रदान गर्ने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए  ।
 
नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बंैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानि ब्यबस्थापन सेवा, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सेवा, धितोपत्र खरिद प्रत्याभुति सेवा, हितग्राही खाता सञ्चालन सम्बन्धी सेवा, संस्थागत परामर्श सम्बन्धी सेवा तथा शेयर रजिष्ट्रार सम्वन्धि सेवा प्रदान गर्दै आइरहेको छ ।