शीर्षकहरू

त्रिवेणी मोटोकर्पले ल्यायो ११ र १४ सिट क्षमताका भ्यान माइक्रोबस

त्रिवेणी मोटोकर्पले ल्यायो ११ र १४ सिट क्षमताका भ्यान माइक्रोबस

काठमाडौं । त्रिवेणी मोटोकर्प प्रालिले कामा ब्राण्डको ११ र १४ सिट क्षमताका भ्यान तथा माइक्रोबसको पनि विक्री वितरण सुरु गरेको छ । कमर्सियल र प्यासेन्जर दुबै प्रयोजनमा प्रयोग हुने इलेक्ट्रिक भ्यानको माग नेपालमा बढ्न थालेपछि पछिल्लो समय त्रिवेणी ग्रुप अन्तर्गत त्रिवेणी मोटोकर्पले, चीनको स्याङडो∙ कामा अटोमोवाईल कंम्पनी लिमिटेड बाट आधिकारिक वितरक नियुक्त भए पश्चात् कंपनीले इलेक्ट्रिक भेहिकलहरु आयात गरी विक्री वितरण शुरु गरेको हो ।

स्याङडो∙ कामा अटोमोवाईल कंम्पनी लिमिटेड चाइनाको ठूला कमर्सियल र प्यासेन्जर गाडी निर्माता मध्येका एक रहेको र यसका कंम्पनीका उत्पादनहरु विश्वका ६० देशहरुमा विक्रि वितरण हुदै आएको छ । 

हाल त्रिवेणी मोटोकर्पले सो कंम्पनीका ११ सिट र १४ सिटको कामा इलेक्ट्रिक प्यासेन्जर र १.५ टन क्षमताभएको पीक अप भ्यानको विक्रि वितरण सुरुगरेको छ ।

 विजुली गाडीको प्रर्वधन मार्फत् वातावरणीय सुधारको क्षेत्रमा योगदान गरी यातायात क्षेत्रमा आवद्ध सवै पक्षको समान लाभको लागि कार्य गर्ने उद्देश्य त्रिवेणी मोटोकर्प प्रालिले लिएको जनाएको छ ।

११ र १४ सिट क्षमताको कामा ई.भी. माइक्रोमा क्रमस ३५ र ७० किलोवाट क्षमताको मोटर रहेको छ भने ४२ किलोवाट आवरको लिथियम आयन ब्याट्रीले एक फुल चार्जमा २८० कि.मी रेञ्ज प्रदान गर्ने गर्दछ । कामा का सबै इलेक्ट्रिक भ्यानहरुमा सिएटीएल व्याट्री जडित रहेको कम्पनीले जनाएको छ ।

कंम्पनीले उक्त रेञ्जहरु ४० कि.मी. प्रती घण्टाको गतीमा गाडी चलाएमा प्राप्त गर्न सकिने जनाएको छ भने बाटोको अवस्था, तापक्रमको आधार, चालकको ई.भी. संचालनको अनुभव तथा ट्राफिक अवस्था का आधारमा त्रिवेणी मोटोकर्पले रेञ्ज परिक्षण गर्दा २५० कि.मि. को रेञ्ज सजिलै पाईने जनाएको छ ।

त्रिवेणी मोटोकर्पले विक्री पछिको सेवालाई मध्यनजर गर्दै देशको विभिन्न स्थानमा सुविधा सम्पन्न सर्भिस सेन्टरको स्थापना गरिसकेको छ, साथै आवश्यक पार्टस्हरुको व्यवस्था पनि गरिसकेको जनाएको छ । 

यसवाट विक्रि पछिको सेवालाई सुचारु गर्न प्रशिक्षित तथा अनुभवी सर्भीस टिमको पनि व्यवस्था गरिसकेको हुनाले ग्राहकहरुले ढुक्क सँग कामा ब्रान्डका गाडी छनौट गर्न सकिने कंम्पनीले जनाएको छ । कंपनीले सर्भिस सम्वन्धि व्यवस्थाहरुको निरिक्षण तथा भ्रमण गर्न ग्राहकहरुसँग अनुरोध समेत गरेको छ ।