शीर्षकहरू

अमेरिकी डलरको विनिमयदर हालसम्मकै उच्च

अमेरिकी डलरको विनिमयदर हालसम्मकै उच्च

  काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको विनिमयदर प्रकाशन गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १३४ रूपैयाँ ०३ पैसा र बिक्रीदर १३४ रूपैयाँ ६३ पैसा पुगेको छ । मंगलबार अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ८६ पैसा र बिक्रीदर १३४ रूपैयाँ ४६ पैसा पुगेको छ । 

युरोपियन युरो एकको खरिदमा १४६ रूपैयाँ १९ पैसा र बिक्रीमा १४६ रूपैयाँ ८५ पैसा छ । आज पाउण्ड स्टर्लिंग एकको खरिददर १७० रुपैयाँ २४ पैसा रहेको छ भने विक्रीदर १७१ रुपैयाँ ०० पैसा रहेको छ । 

त्यस्तै,कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ९२ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ९ रुपैयाँ २२ पैसा र बिक्रीमा ९ रूपैयाँ २६ पैसा रहेको छ ।
 
राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रूपैयाँ ६५ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २९ रूपैयाँ ९६ पैसा र बिक्रीदर ३० रूपैयाँ ०९ पैसा पाइन्छ । 

कुवेती दिनार एकको खरिददर ४३८ रूपैयाँ ३५ पैसा र बिक्रीदर ४४० रूपैयाँ ३१ पैसा तोकिएको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ ५४ पैसा र बिक्रीदर ३५७ रूपैयाँ १३ पैसा तोकिएको छ ।