शीर्षकहरू

इटहरी उपमहानगरपालिकाले विद्युतीय बस सेवा सञ्चालन गर्दै

इटहरी उपमहानगरपालिकाले विद्युतीय बस सेवा सञ्चालन गर्दै

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले विद्युतीय बस सेवा सञ्चालन गर्नेभएको छ । नगर क्षेत्रमा सहुलियत बस सेवा सुरू गर्ने उद्देश्यले चार वटा बस खरिद गरिएको नगरप्रमुख हेमकर्ण पौडेलले जानकारी दिए। उनले यस कार्यले स्थानीय नागरिकलाई यात्राका लागि सहज हुने विश्वास व्यक्त गरे । नगरप्रमुख पौडेलले भने, “इटहरीका चारवटै क्षेत्रलाई समेट्ने गरी रुट तय गर्ने काम भइरहेको छ । 

सो कार्य सम्पन्न भए लगत्तै सेवा सञ्चालन गछौँ । सम्भवतः आगामी असोज १ गतेबाट सेवा सञ्चालन गर्ने योजना छ ।” उपमहानगरका इञ्जिनियर रुपेश आचार्यले रु छ करोड ३६ लाख ८६ हजारको लागतमा बस खरिद गरिएको बताए ।

उनले भन, “बसमा जीपीएस जडान, सीसी क्यामेरा, एसीलगायतका अन्य सुविधाको व्यवस्थापन गरी सूचना प्रविधिमैत्री बनाइएका छन् ।” नगर बस सञ्चालनका लागि कार्यपालिका बैठकले वडा नं ६ का अध्यक्ष दिवस पोखरेलको संयोजकत्वमा समिति बनाएर काम गरिरहेको छ ।