शीर्षकहरू

चिलिमे जलविद्युत ६५ करोड खुद नाफामा

चिलिमे जलविद्युत ६५ करोड खुद नाफामा

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म चिलिमे जलविद्युत कम्पनी ६५ करोड २९ लाख रूपैयाँभन्दा बढी खुद नाफामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिसम्म ६४ करोड ९२ लाख रूपैयाँभन्दा बढी खुद नाफामा रहेको यस कम्पनीले गत वर्ष थोरै नाफा बढाएको हो ।

यस कम्पनी अन्तर्गत प्रबद्र्धित कुल २७० मेगावाट क्षमताका चार ओटा जलविद्युत आयोजनहरूमध्ये रसुवागढी हाईड्रोपाव्र अन्तर्गतको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनको निर्माण कार्य सम्पन्न भैसकेो छ । त्यस्तै, साञ्जेन जलविद्युत कम्पनी अन्र्गत निर्माणाधिन माथिल्लो साञ्जेन जलविद्युत आयोजनाबाट गएको आश्विन २१ गतेदेखि आंशिक रुपमा विद्युत उत्पादन भैरहेको छ । त्यस्तै मध्य भोटेकोशी जलविद्युत कम्पनी अन्तर्गत निर्माणधिन मध्य भोटेकोशी जलविद्युत आयोजना पनि करिव सम्पन्न भैसकेको जानकारी कम्पनीले दिएको छ । 

गत चौथो त्रैमाससम्म कम्पनीले विद्युत विक्रीबाट १ अबृ १२ करोड रूपैयाँभन्दा बढी आम्दानी गरेको छ । सञ्चालन नाफा अघिल्लो वर्ष ६७ करोड ८१ लाख रूपैयाँभन्दा बढी रहेको कम्पनीको गत वर्ष ७० करोड ८१ लाख रूपैयाँभन्दा बढी भएको हो । हाल यस कम्पनीको चुक्तापूँजी ७ अर्ब ९८ करोड ३९ लाख ९७ हजार रूपैयाँ रहेको छ । रिटर्न अर्निगमा २ अर्ब ८० करोड रूपैयाँ कायम छ । 

अघिल्लो वर्ष ८ रूपैयाँ ८६ पैसा रहेको प्रतिशेयर आम्दानी गत वर्ष ८ रूपैयाँ १० पैसा कायम भएको छ । यस अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ भने अघिल्लो वर्ष १४४ रूपैयाँ ८० पैसा रहेकोमा गत वर्ष १३५ रूपैयाँ १९ पैसा रहेको हो ।