शीर्षकहरू

हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले शेयर लिलामी गर्दै

हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले शेयर लिलामी गर्दै

काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले साउन २९ गतेदेखि १ करोड ६८ लाख ५९ हजार ५० कित्ता अवितरित हकप्रद शेयर लिलामीमा बिक्री गर्ने भएको छ । साउन २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले संस्थापक समूह “क” उप समूह क–२ को अन्य संस्थापक अन्तरर्गत अवितरित हकप्रद शेयर मध्ये यस अघि लिलामी गर्दा विक्री नभएको उक्त शेयर पुनः लिलामीमा बिक्री गर्न लागिएको हो । 
इच्छुक खरीदकर्ताहरूले भदौ ६ गतेदेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । यी शेयरको मूल्य प्रतिकित्ता १०० रूपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था रहेको छ । कम्पनीको शेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 

बिक्री प्रबन्धकसँगै ग्लोबल आइएमई बैंकको उपत्यकाभित्रका कार्यालय शंखमुल, काठमाडौंबाट आवेदन दिन सकिनेछ । साथै उपत्यका वाहिर रहेका बैंकका शाखा कार्यालयहरू झापा, विराटनगर, जनकपुर, वीरगंज, हेटौडा, चितवन, पोखरा, बुटवल, बाग्लुङ, नेपालगञ्ज, सुर्खेत, दाङ, कैलाली र कञ्चनपुरबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।