शीर्षकहरू

नेशनल फण्ड म्यानेजमेन्टको हकप्रद खरिद गर्ने आज अन्तिम दिन

नेशनल फण्ड म्यानेजमेन्टको हकप्रद खरिद गर्ने आज अन्तिम दिन

काठमाडौं । असार १९ गतेदेखि बिक्रीमा आएको नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडको ५० प्रतिशत हकप्रद शेयर खरिद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको जेठ २५ गते सम्पन्न विशेष साधारण सभाले जेठ ३२ गतेसम्म कायम संस्थापक शेयरधनीहरूका लागि ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।  

कम्पनीले हाल कायम चुक्तापूँजी ५४ करोड रूपैयाँको आकारमा २७ करोड रूपैयाँ बराबरको हकप्रद शेयर बिक्री खुला गरेको हो । सम्बन्धित शेयरधनीहरूले साउन २२ गते कार्यालय समयभित्र आवश्यक रकम जम्मा गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ ।

यो हकप्रद शेयर खरिदका लागि दरखास्त फारम नेशनल फण्ड म्यानेजमेन्टको कार्यालय कुपण्डोल, ललितपुर रहेको छ ।