शीर्षकहरू

गल्फ लुब्रिकेन्टको  पार्टनर  मिट कार्यक्रम सम्पन्न

गल्फ लुब्रिकेन्टको  पार्टनर  मिट कार्यक्रम सम्पन्न

काठमाडौं । गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले  पार्टनर मिट, बल्डिङ रिलेसनसिप, एक्सिलेरिङ सक्सेस नारामा सम्पन्न गरेको छ । सिमरामा सम्पन्न दुई दिने सो कार्यक्रममा नेपालभरी रहेका ५० भन्दा धेरै पार्टनर, र नेपाल ल्युब आयल लिमिटेडका प्रतिनिधिहरुको सहभागिता रहेको कम्पनीले जनाएको छ ।   

देश कठिन समयमा गुज्रिरहेको र सम्पूर्ण बजार नै सुस्ताइ रहेको अवस्थामा अगिलो वर्षको समिक्छ्या गरी, आगामी दिनको रोड म्याप बनाउन सो मिटमा गम्भीर छलफल भएको कम्पनीले जनाएको  छ ।  कम्पनी र ग्राहक बिचको सम्बन्ध अझै मजबुत बनाई, प्रगति तर्फ अग्रसर हुनु पर्ने धारणा व्यक्त भएको कम्पनीले जनाएको छ ।  कार्यक्रममा लुब्रिकेन्ट र ब्याट्री डिभिजनका विभिन्न विधामा सर्वोत्कृष्ट पार्टनरहरुलाई सम्मान पनि गरिएको थियो । 

कार्यक्रममा बोल्दै नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक करण चौधरीले भने, “अबको समय समस्या छ भनेर निराश भएर बस्ने समय होइन ।  सबै मिलेर एकजुट भएर समस्यालाई पछाडि राखेर अगाडी बढ्नु पर्नेछ ।  हाम्रो सम्बन्धलाई अझै मजबुत बनाई राख्नमा र मेरो टिम हरदम तयार र प्रतिबद्ध छ । हामी आफ्नो क्षमता बढाउन  नयाँ उच्च गुणस्तर ग्रेडको  ल्युब उत्पादन गर्न कारखानामा थप  लगानी गर्दैछौं ।  यसबाट नेपाली उपभोक्ताले सर्वसुलभ मूल्यमा उच्च गुणस्तरका उत्पादनहरूको फाइदा पाउनु हुनेछन् ।’’ फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउछ ।