शीर्षकहरू

नेप्सेमा ४०.७६ अंकको वृद्धि, २१ अर्ब ८६ करोडको कारोबार

नेप्सेमा ४०.७६ अंकको वृद्धि, २१ अर्ब ८६ करोडको कारोबार

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से ४०.७६ अंकले बढेर दुई हजार ७ सय ९६ दशमलब ३८ विन्दुमा बन्द भएको हो ।                                  

नेप्सेमा आज २१ अर्ब ८६ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १६३ वटाको बढेको छ भने ७८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।                       

नेप्सेका अनुसार आठ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । पाँच कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढेको छ भने चार कम्पनीको शेयरमूल्य ८ प्रतिशतले बढेको छ ।

आज नेपाल फाइनान्स लिमिटेडको शेयरमूल्य १० प्रतिशतले घटेको छ । यसका साथै आज हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको एक अर्ब २६ करोड ४ लाख बराबरको कारोबार भएको छ ।