शीर्षकहरू

एनएमबि बैंकले २ अर्ब ३४ करोड मुनाफा गर्यो

एनएमबि बैंकले २ अर्ब ३४ करोड मुनाफा गर्यो

काठमाडौं । एनएमबि बैंकले २ अर्ब ३४ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.३३ प्रतिशतले कम हो । बैंकले आर्थिक वर्ष २०७९र८० मा ३ अर्ब २२ करोड मुनाफा आर्जन गरेको छ । 


 बैंकको निक्षेप ६.४९ प्रतिशतले बढेर २ खर्ब २३ अर्ब ९४ करोड रुपैयाँ र कर्जा २.८० प्रतिशतले मात्रै बढेर १ खर्ब ९४ अर्ब ३४ करोड पुगेको छ । सोहि अवधिमा खुद ब्याज आम्दानी १०.०७ प्रतिशतले घटेर ७ अर्ब ५० करोड रुर्पैयाँ रहेको छ । फि तथा कमीसन आम्दानी ७.७४ प्रतिशतले बढाउदा बैंकको कुल सञ्चालन आम्दानी ९ अर्ब ६८ करोड रुपैयाँ रहेको छ । 

यस्तै कर्जा नोक्सानी व्यवस्थाको प्रोभिजन ३२.४१ प्रतिशतले बढेर १ अर्ब ९२ करोड पुगेको छ । जसले गत आर्थिक वर्षमा बैंकको सञ्चालन मुनाफा २५ प्रतिशतले घटेर ३ अर्ब ५१ करोडमा सिमित भएको छ । २०८० असारमा २.७७ प्रतिशत रहेको बैंकको खराब कर्जा २०८१ असारमा बढेर ३.२७ प्रतिश पुगेको छ ।