शीर्षकहरू

एभरेष्ट बैंकको नाफा ३ अर्ब ७० करोड ६ लाख रुपैयाँ

एभरेष्ट बैंकको नाफा ३ अर्ब ७० करोड ६ लाख रुपैयाँ

काठमाडौं । एभरेष्ट बैंकले ३ अर्ब ७० करोड ६ लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो आवको तुलनामा नाफा १०.०७ प्रतिशत बढेको हो । अघिल्लो आवमा बैंकको यस्तो नाफा ३ अर्ब ३६ करोड २१ लाख रुपियाँ थियो । खुद ब्याज आम्दानी र फि तथा कमिसन आम्दानीमा भएको वृद्धिसँगै एभरेष्ट बैंकको नाफा बढेको छ ।

 बैंकको  वितरणयोग्य नाफा ३ अर्ब ५१ करोड ४४ लाख रुपैयाँ रहेको छ । बैंकले २ खर्ब ३२ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७९ अर्ब ६४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको चुक्तापुँजी ११ अर्ब ७६ करोड रहेको भने जगेडा कोषमा १२ अर्ब २५ करोड रुपैयाँ रहेको छ । राष्ट्र बैंकले गत आर्थिक वर्षको निक्षेप र कर्जाको भारित औसत अन्तर (स्प्रेड दर) घटाएको कारण बैंकको कर्जा बढेपनि खुद ब्याज आम्दानी सोही अनुपातमा बढेको छैन ।