शीर्षकहरू

१२ महिनामा नेपाल बैंकले कमायो १ अर्ब ६५ करोडभन्दा बढी नाफा

१२ महिनामा नेपाल बैंकले कमायो १ अर्ब ६५ करोडभन्दा बढी नाफा

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म नेपाल बैंक लिमिटेडले १ अर्ब ६५ करोड रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको खुद नाफा ५१ दशमलव ८० प्रतिशत घटेको हो । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले ३ अर्ब ४३ करोड रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्ष कम्पनीको इम्पेरमेन्ट चार्ज बढेसँगै सञ्चालन नाफासँगै खुद नाफा घट्न पुगेको हो । 

अघिल्लो वर्ष चौथो त्रैमाससम्म १ अर्ब ११ करोड रूपैयाँभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज रकम गत वर्ष २ अर्ब ५९ करोड रूपैयाँभन्दा बढी भएको हो । जसका कारण सञ्चालन नाफा अघिल्लो वर्ष ४ अर्ब ३३ करोड रूपैयाँभन्दा बढी रहेकोमा गत वर्ष घटेर २ अर्ब ८० करोड रूपैयाँभन्दा बढी मात्र कायम भएको छ । गत चौथो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने ७६ करोड ९३ लाख रूपैयाँभन्दा बढी रहेको छ । हाल कम्पनीको चुक्तापूँजी १४ अर्ब ६९ करोड ४० लाख २२ हजार रूपैयाँ छ । रिटर्न अर्निग ७६ करोड ९३ लाख रूपैयाँभन्दा बढी रहेको कम्पनीको जगेडा कोषमा भने २२ अर्ब ३८ करोड रूपैयाँभन्दा बढी रहेको छ ।

१२ महिनामा कम्पनीले २ खर्ब ८३ अर्ब ८ करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने १ खर्ब ९७ अर्ब ३ करोड रूपैयाँभन्दा बढी छ । अघिल्लो वर्ष चौथो त्रैमाससम्म २ दशमलव ८५ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष बढेर ३ दशमलव २८ प्रतिशत कायम भएको छ । वार्षिक प्रतिशेयर आम्दानी ११ रूपैयाँ २८ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २५७ रूपैयाँ ५७ पैसा रहेको छ ।