काठमाडौं । हिमालयन बैंकले गत आर्थिक वर्षमा २ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको यो खुद नाफा अघिल्लो आर्थिक वर्षभन्दा ८१.६० प्रतिशतले बढि हो ।अघिल्लो आबमा बैंकको नाफा १ अर्ब ५६ करोड मात्रै थियो ।
बैंकको चुक्तापुँजी २१ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ भने जगेडा कोषमा २२ अर्ब ४३ करोड छ । बैंकको खराब कर्जा ४.९१ प्रतिशत पुगेको छ । बैंकको वितरणयोग्य नाफा भने ऋणात्मक रहेको छ ।
यो अवधिमा बैंकले ११ अर्ब ६१ करोड रुपैयाँ खुद ब्याज आम्दानी, कमाएको छ । भने बैंकले २ खर्ब ९३ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३२ अर्ब ७१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।