काठमाडौं । नेपाल राष्ट्र बैंकले ऊर्जा बन्ड लगायत ऋणपत्रमा गरिएको लगानीलाई यसै क्षेत्रमा लगानी गर्नुपर्ने गरी तोकिएको सीमामा गणना गर्न सकिने व्यवस्था मिलाउने जनाएको छ ।
उर्जा क्षेत्रसँग सम्बन्धित सार्वजनिक संस्थान र पब्लिक लिमिटेड कम्पनीहरुले जारी गरेका ऊर्जा बन्ड लगायतका ऊर्जासम्बन्धी ऋणपत्रमा गरेको लगानीलाई ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने गरी तोकिएको सीमामा गणना गर्न पाइने आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति कार्यान्वयन गर्दै यस्तो व्यवस्था गरेको छ ।
नीतिअनुसार ऊर्जा क्षेत्रसँग सम्बन्धित विशिष्टीकृत संस्थाहरुबाट जारी गरिएका ऊर्जा बन्ड लगायतका ऊर्जासम्बन्धी ऋणपत्रमा गरिएको लगानीलाई ऊर्जा क्षेत्रमालगानी गर्नुपर्ने गरी तोकिएको सीमामा गणना गर्न सकिने व्यवस्था मिलाउने भनिएको छ।