शीर्षकहरू

श्रीनगर एग्रिटेक इन्डष्ट्रिज पनि आईपीओ जारी गर्ने

श्रीनगर एग्रिटेक इन्डष्ट्रिज पनि आईपीओ जारी गर्ने

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रिमियम वा अंकित मूल्यमा सर्वसाधारणमा आईपीओ जारी गर्ने निर्णय गर्नका लागि भदौ ४ गते विशेष साधारण सभा बोलाएको छ । साउन १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको कर्पोरेट कार्यालय, नक्साल, काठमाडौंमा १०ः३० बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले अधिकृत पूँजी, जारी पूँजी तथा चुक्तापूँजी बृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीको पूँजी संरचना परिवर्तन हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ । आईपीओ निष्कासन र नियमावली संशोधनका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।