शीर्षकहरू

कक्षा १२ को नतिजामा ४८ प्रतिशत विद्यार्थी फेल, यसरी हेर्नुहोस् नतिजा

कक्षा १२ को नतिजामा ४८ प्रतिशत विद्यार्थी फेल, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार करिब ४८ प्रतिशत विद्यार्थी फेल भएका छन् ।

बोर्डका अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएकोमा ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी/अनुत्तीर्ण ) भएका छन् । 

गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार ९१४ छात्रा र एक लाख ९३ हजार ९३३ जना छात्र गरी तीन लाख ९० हजार ८४७ परीक्षार्थीहरु सहभागी भएका थिए । त्यस्तै ग्रेड वृद्धितर्फ एक लाख ६५० विद्यार्थी सहभागी हुने भएका थिए ।

यसपटक पहिलो पटक काठमाडौं जिल्लामा परीक्षणका रुपमा स्वचालित प्रक्रियाबाट परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गरिएको थियो । देशभरबाट ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी थिए ।

प्रकाशित हुने नतिजा  १६०१ डायल गरी प्राप्त निर्देशानुसार गरेर, मोबाइलमा NEB<Space> <Symbol number> टाइप गरी १६०० मा पठाएर, मोबाइलमा *1600# डायल गरी प्राप्त निर्देशन पालना गरेर हेर्न सकिन्छ ।