काठमाडौं । गत साता वित्त समूहको परिसूचक सर्वाधिक २० दशमलव ३२ प्रतिशत बढेको छ । वित्त समूहको परिसूचक अघिल्लो साताको तुलनामा गत साता सर्वाधिक बढेको हो । त्यस्तै लगानी समूहको परिसूचक १९ दशमलव १८ प्रतिशत, अन्यको १० दशमलव ८२ प्रतिशत, होटल तथा पर्यटनको ९ दशमलव ७४ प्रतिशत, जीवन बीमा समूहको ८ दशमलव ८१ प्रतिशत, बैंकिङ समूहको ८ दशमलव ६१ प्रतिशत रहेको छ ।
विकास बैंकको ७ दशमलव शून्य ३ प्रतिशत, जलविद्युतको ५ दशमलव शून्य २ प्रतिशत, निर्जीवन बीमा समूहको ४ दशमलव ९१ प्रतिशत, म्युचुअल फण्डको ३ दशमलव शून्य १ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको १ दशमलव शून्य ५ प्रतिशत परिसूचक बढेको हो ।
यी समूहको परिसूचक बढ्दा लघुवित्त र व्यापारिक समूहको परिसूचक घटेका छन् । अरु समूहको परिसूचक बढ्दा यी दुई समूहको परिसूचक भने घटेका हुन । लघुवित्त समूहको ३ दशमलव १३ प्रतिशत र व्यापारिक समूहको ३ दशमलव ४५ प्रतिशत परिसूचक घटेको हो । गत साता लघुवित्त र व्यापारिक समूहका लगानीकर्ताहरूले नाफा बुक गरेकाले परिसूचक घटेको देखिन्छ ।