काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको आठौं साधारणसभा यहि भदौ ११ गते गर्ने भएको छ । सभाले आर्थिक वर्ष २०८०/०८१ को सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको ५२.५३ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्न प्रस्ताव गरेको छ ।
यस एन आई सी एशिया क्यापिटलले सातौं वार्षिक साधारण सभासम्म आउँदा १८७.४७ प्रतिशत नगद लाभांश वितरण गर्न सफल भइसकेको छ भने आठौं वार्षिक साधारण सभामा पारितको लागि प्रस्ताव गरेको ५२.५३ प्रतिशत नगद लाभांश सहित २४० प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको क्यापिटलको भनाइ छ ।
साथै क्यापिटलले आफ्नो सेवालाई सर्वसुलभ र प्रविधिको प्रयोग मार्फत ग्राहकहरु माँझ पु¥याउन “अव लाईनमा होइन, क्यापिटलको सेवा अनलाइनमा” भन्ने मुल नाराका साथ अगाडी बढेको यस क्यापिटलले आर्थिक वर्ष २०८०÷०८१ को अन्त्य सम्ममा क्यापिटलबाट प्रदान गरिने अधिकांश सेवाहरु अनलाइन मार्फत लिन मिल्ने व्यवस्था मिलाएको बताएको छ ।