काठमाडौं । कुमारी बैंक लिमिटेड र गोल्फुटार, काठमाडौंस्थित डीआई स्किन हस्पिटल प्रालि तथा डीआई डेन्टल केयर प्रालिबीच सम्झौता भएको छ । कुमारी बैंक लिमिटेडका ग्राहकलाई हस्पिटलबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।
सम्झौताअनुसार बैंकका ग्राहकहरूले सो डीआई स्किन हस्पिटल र डीआई डेन्टल केयरबाट सेवा लिएबापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिटरक्रेडिट कार्ड अथवा क्यूआरद्वारा गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिनेछ ।
यस सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंकको विश्वास छ ।