शीर्षकहरू

पशुपतिको कोटीहोममा साउने सोमबारका वर्तालु [फोटोफिचर]

पशुपतिको कोटीहोममा साउने सोमबारका वर्तालु [फोटोफिचर]

काठमाडौं । आज साउने दोस्रो सोमबार । पशुपति क्षेत्रमा सोमबारे वर्तालुहरूको बिहानैदेखि भिडभाड देखिन्थ्यो ।

सोही क्षेत्रमा साउन १ गतेदेखि 'श्री पशुपति कोटीहोम एवं १०८ श्रीमदभागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ जारी थियो । कथा वाचिका देवी प्रतीमाको प्रवचन रहेको उक्त कोटीहोमको तीन दिन समय थप भएपछि आज अन्तिम प्रवचनसँगै महायज्ञ समापन भएको छ ।

सामान्यतया साउने सोमबारको बिहान भिडभाड हुने भए पनि आज भने पशुपतिमा भक्तजनको साँझसम्मै भिडभाड रह्यो । पशुपति दर्शनमा गएका महिला र युवतीहरू महायज्ञस्थित देवी प्रतीमाको प्रवचनमा सहभागी भएका थिए ।