जनकपुर । जनकपुर–जयनगर रेल्वेको लिकमा पर्दा एकजनाले दुवै खुट्टा गुमाएका छन । जनकनन्दनी गाउँपालिका–३ महुवाका अन्दाजी ३५ वर्षिय श्रीराम दासले रेल्वे लिकमा परी दुवै खुट्टा गुमाएका हुन ।
आज बिहान सवा ११ बजे धनुषाको खजुरीस्थित रेलको लिक छेउबाट हिँडिरहेको समयमा जयनगरबाट आइरहेको रेलले हर्न दिँदा उनी अल्मलिएर रेलकै लिकमा पारेका थिए । लिकमा अल्झाएका उनले दुवै खुट्टा गुमाएको रेल्वे विभागका प्रवक्ता प्रहरी नायव उपरीक्षक दयाराम पौडेलले जानकारी दिए। दासलाई उपचारका लागि तत्कालै जनकपुर प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो ।