शीर्षकहरू

गौरीघाट र कुपण्डोलमा बीवाईडीका दुई नयाँ सर्भिस सेन्टर

गौरीघाट र कुपण्डोलमा बीवाईडीका दुई नयाँ सर्भिस सेन्टर

काठमाडौं । बीवाईडी गाडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले काठमाडौं उपत्यकामा दुई नयाँ सर्भिस सेन्टर सुरु गरेको छ । ग्राहकहरू बढ्दै गएपछि राम्रो सेवा प्रदान गर्नका लागि यी सर्भिस नेटवर्कको विस्तारले महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको भनाइ छ ।

सन् २०२२ देखि सञ्चालनमा रहेको गौरीघाटस्थित सर्भिस सेन्टरलाई बीवाईडीको पछिल्लो गाइडलाइन अनुसार थप परिस्कृत गरेर सञ्चालनमा ल्याइएको छ । ४५ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको सो अत्याधुनिक सर्भिस सेन्टरमा इलेक्ट्रिक भेइकलका लागि आवश्यक स्पेसलाइज्ड टुल सेटबाट सञ्चालन गर्न सकिने ८ सर्भिस बे रहेका छन् । त्यसैगरी बेजोड सर्भिस अनुभव प्रदान गर्नका लागि स्पेयर पार्ट्स वेयर हाउस रहेको छ । डेन्ट पेन्ट सर्भिसका लागि डेडिकेटेड स्टेसन र ग्राहकका लागि कम्फर्टेबल लाउन्ज समेत रहेको छ । 

गौरीघाट सर्भिस सेन्टरमा सुपेरियर सर्भिस प्रदान गर्न ५० कर्मचारी रहेका छन् । उक्त सर्भिस सेन्टरको उद्घाटन सविन तन्डुकारले गरेका थिए, जो फर्स्ट जेन बीवाईडी ई६ को पहिलो ग्राहक पनि हुन्। 

यसैगरी ललितपुरका लागि बीवाईडीको आधिकारिक वितरक रहेको इको ड्राइभ अटोमोबाइल्सले कुपण्डोलमा नयाँ सर्भिस सेन्टरको सुरु गरेको छ । ८ हजार ५५६ वर्गफिट क्षेत्रफलमा फैलिएको सो सर्भिस सेन्टरमा ६ सर्भिस बे रहेका छन् । यी मध्ये २ वटा अर्जेन्ट सर्भिसका लागि प्रयोग गर्न सकिन्छ भने ४ वटा स्पेसलाइज्ड ईभी टुल्स रहेको कम्पनीको भनाइ छ ।