शीर्षकहरू

कुमारी बैंकका ग्राहकले बुद्ध एयरमा छुट पाउने

कुमारी बैंकका ग्राहकले बुद्ध एयरमा छुट पाउने

काठमाडौं । कुमारी बैंक लिमिटेड र बुद्ध एयरबीच कुमारी बैंक लिमिटेडबीच सम्झौता भएको छ । बैंकका ग्राहक र उनीहरूको परिवारका सदस्यहरूलाई बुद्ध एयरबाट यात्रा गर्दा टिकटमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।  

यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक र उनीहरूको परिवारका सदस्यहरुका लागि कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्युआरद्वारा बुद्ध एयरको काउण्टरबाट प्लेन टिकट खरिद गर्दा ८ प्रतिशत छुट प्राप्त गर्न सकिनेछ । 

यो छुट लिन ग्राहकहरूले कुमारी बैंकको डेबिट/क्रेडिट/प्रिभिलेज कार्ड साथमा लानुपर्नेछ । यस सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग इकाईहरू मार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ ।