शीर्षकहरू

युवाहरूलाई विदेशमा काम गर्न जान प्रोत्साहन, बिना धितो ऋण दिइने

युवाहरूलाई विदेशमा काम गर्न जान प्रोत्साहन, बिना धितो ऋण दिइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जानेलाई प्रोत्साहन गर्नेगरी मौद्रिक नीति ल्याएको छ ।

आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा बिना धितो ऋण उपलब्ध गराउने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।

शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीलाई नेपाल सरकारको २०८१/८२ को बजेट वक्तव्यमा उल्लेख भएअनुसार उक्त व्यवस्था गरिने बताए ।

यस्तै राष्ट्र बैंकले विदेशी मुद्रा सटही सुविधाको दायरा पनि बढाएको छ । यसअघि विदेश जाँदा ३५ हजार अमेरिकी डलरसम्म सटही गर्न पाउने व्यवस्था रहेकोमा त्यसलाई बढाएर ५० हजार डलर कायम गरिएको छ ।