शीर्षकहरू

राष्ट्र बैंकले ल्यायो लचिलो मौद्रिक नीति

राष्ट्र बैंकले ल्यायो लचिलो मौद्रिक नीति

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ का लागि लचिलो मौद्रिक नीति ल्याएको छ । शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै लचिलो मौद्रिक नीति तय गरिएको बताए ।

उनले यस आवमा मुद्रास्फीति ५.५ प्रतिशतभन्दा बढी नबढ्ने बताए । नेपालमा पछिल्लो समय थोक मुद्रास्फीति बढ्न शुरु भएको, भारतमा खाद्यान्न, तरकारी तथा गेडागुडी र दालजन्य सामग्रीहरुको मूल्य उच्च रहेको र जारी रुस–युक्रेन युद्ध तथा मध्यपूर्वकोभूराजनैतिक तनाव कायमै रहेका  कारण अन्तर्राष्ट्रिय बजारमा इन्धन तथा खाद्यान्नको मूल्य बढ्न सक्ने जोखिम रहेको छ । 

सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा मुद्रास्फीति ५.५ प्रतिशतको सीमाभित्र रहने अनुमान गरेको छ । केही जोखिम रहे पनि मुद्रास्फीतिका कारकहरुलाई मध्यनजर राख्दा आर्थिक वर्ष २०८१/८२ मा मुद्रास्फीति सोही सीमाभित्रै रहने प्रक्षेपण रहेको छ ।

७ महिनाको वस्तु तथा सेवा धान्न मिलन्ने विदेशी सञ्चिति कायम गरिने उनको भनाइ थियो ।

बजेटमा अनुमान गरिए बमोजिम ६ प्रतिशत आर्थिक वृद्धि पुग्ने गरी तरलता व्यवस्थापन र मुद्रा व्यवस्थापन गर्ने उनले बताए ।