शीर्षकहरू

तीन सय रुपैयाँले घट्यो सुनको मूल्य

तीन सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । हिजो प्रतितोला एक लाख ४५ हजार रुपैयाँ रहेको सुनको मूल्य आज तीन सय रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ४४ हजार ७ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ४४ हजार रुपैयाँ रहेको छ ।                                          

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ७५० रुपैयाँमा कारोबार भएकोमा आज एक हजार ७३० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।